FAQs Complain Problems

वार्ड नं ७

  • ७ नं. वडाको परिचयः
    • हिलिहाङ गाउँपालिकाको ७ वडा नं. सल्लेरीमा अवस्थित छ । यो वडा हिलिहाङ गाउँपालिका वडा नं. ५, ६ र फिदिम नगरपालिका संग सिमाना जोडिई तेह्रथुमको आठराई गाउँपालिकाको सिमानामा बग्ने तमोर नदि सम्म पर्दछ । यस ७ नं. वडामा विशेष गरी मिश्रित वसोवास रहे पनि सिमान्तकृत वसोवास रहेको माझी समुदायका ३० घरपरिवार पनि यसै वडा भित्र वसोवास गर्दछन । ७८२ घरधुरी रहेको यस वडामा कुल जनसङख्या मध्ये महिला २१७० र पुरुष २२९१ गरि जम्मा ४४६१ रहेको छ । यस वडाको वडा कार्यालय सल्लेरी भन्ने ठाउँमा मेची राजमार्गको छेउमा छ । यस वडामा धेरै क्षेत्र सुख्खा क्षेत्र सुख्खा क्षेत्र भएपनि वडा भित्र भएपनि वडा भित्र पशुपालन तथा तरकारी खेती व्यवसायिक रुपमा खेति गर्ने कृषकहरु आकर्षित हुदै गएका छन । सिचाई तथा स्वच्छ पिउने खानेपानीको अभाव रहेको यस वडा क्षेत्र भित्र वृहत खानेपानी आयोजनाको राहत पुर्याउने आशा अपेक्षा रहेको छ । यस वडामा हाल १ मा.वि., ३ नि.मा.वि., ५ प्रा.वि रहेको हुदा वडा भित्र शिक्षाको सामान्य पँहुच रहेको छ । यस वडा भित्र करिव १५ कि.मी. मेचि राजमार्ग भएको कारणले वडा भित्र करिव ३०० को संख्यामा सवारी चालकमा रोजगारीमा भएको पाईन्छ । वडा क्षेत्र भित्र कफि खेति विस्तार योजना सञ्चालनमा छ । हिलिहाङ गाउँपालिका कै ठुलो वडा र धेरै जनसङख्या वसोवास गर्ने यस वडामा वडा क्षेत्र भित्र जंगल बढि रहेको र आगो लागिको जोखिम पनि उत्तिकै रहेको छ । वडाबाट सहजै गाउँपालिका कार्यालय सम्म पुग्न सकिने मुख्य २ मोटर बाटोहरु रहेका छन । यस वडामा विभिन्न टोलहरुमा कच्ची मो.वा. पुगेको अवस्था छ । यस कार्यालय भित्र कुल ५ जना जनप्रतिनिधीहरु र ५ जना कर्मचारीहरु कार्यरत रहेका छन ।
Population: 
3188
Ward Contact Number: 
9852684286