समाचार
वार्ड नं २
-
वडाको परिचयः
- साविक अमरपुर गा.वि.स. वार्ड नं. ६ देखी वार्ड नं. ९ सम्मका चारवटा वडाहरु मिलाएर संघिय संरचना अनुरसार २०७३ सालमा हाल हिलिहाङ गाउँपालिका २ नं. वडा भएको छ । यस वडामा २०७४ सालको स्थानिय चुनावमा जनताको मताधिकार पाएर निर्वाचित वडा समितिको गठन भएको छ । जिल्ला पाँचथरको सरमुकाम देखी ६० किलोमिटर उत्तर पुर्वमा रहेको हिलिहाङ गाउँपालिका २ नं. वडाको पुर्वमा हिलिहाङ गाउँपालिका १ नंं. वडाको सिमाना अधेरी खोल्सा रहेको छ । पश्चिममा हिलिहाङ गाउँपालिका र जिल्ला तेह्रथुमको विचमा गगेकी तमोर नदिले सिमाना छुट्याएको छ । उत्तरमा मनहोहक कावेली नदि बगेकि छन भने दक्षिणमा हिलिहाङ गाउँपालिका ४ नं. वडाले छोएको छ । यस वडाको दक्षिणमा हरियाली मनमोहक विजुली भन्ञ्याङ र सिंहदेवि सामुदायिक वन क्षेत्रले सजिसजावट भएको छ । यस वडामा मठमन्दिर, सामुदायिक वन, गुम्वा, मेची राजमार्ग लगायत अन्य कञ्ची सडक, विजुली वत्ती र ईन्टरनेट समेतको पहुच पुगेको वडाको रुपमा हिलिहाङ गाउँपालिका २ नं. वडाले आफ्नो परिचय बनाउन सफल भएको छ । यस वडामा निर्वाचित जनप्रतिनिधि तथा स्थानिय सरकारको पहलमा स्थानिय वासिन्दाहरुको आवश्यकतालाई पहिचान गरी चौतर्फी रुपमा तिव्र गतिमा विकास निर्माण एंव जनताहरुको जिनवस्तरमा सुधार ल्याउने काममा निरन्तर लागिरहेको अवस्था छ । भने यस वडामा क्षेत्री, व्रह्माण, राई , लिम्वु, तामाङ, नेवार, माझी, कामी, दमाई लगायतका विभिन्न मिश्रित जातजातिहरु मिलेर वस्ने साझा फुलवारीको रुपमा वसोवास गर्दै आएको पाईन्छ । यस वडामा धान, मकै, कोदो, गँहु, मास, मस्याम लगायत नगदेवालीहका खेति किसान गर्ने मानिसहरु वढि पाईन्छन भने वैदेशिक रोजगार, व्यापार व्यवसाय, पशुपालन समेत आम्दानीको श्रोतको रुपमा गर्दै आएको छ । यस वडामा २ वटा वजार क्षेत्र छन । यस वडामा वडा कार्यालय-१, प्रहरी चौकी-२, मा.वि.-१, आ.वि.-४, वाल विकास केन्द्र-५ वडा रहेका छन । यस वडामा स्वास्थ्य चौकि-१ रहेको छ ।
Population:
2940
Ward Contact Number:
9852684282