FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नेुपर्नेमा बढिमा ३ दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी । वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, ३५ दिन पश्चात रु २००
आवश्यक कागजातहरु: 

जन्मदर्ताः

  • मुलीको सुचना फाराम
  • बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
  • आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता

मृत्यु दर्ताः

  • मुलीको सुचना फाराम
  • मृतकको नागरिकता
  • सुचकको नागरिकता

विवाह दर्ताः

  • पति र पत्निको संयुक्त सुचना फाराम
  • पति र पत्निको माईति पट्टिको नागरिकता ( माईति पट्टिको नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र )
  • बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने 

बसाईसराईः

  • मुलीको सुचना फाराम
  • सुचकको ना.प्र पत्र, परिवारहरुको नाम, नातासम्वन्ध र जन्म मिति
  • वसाईसराई भएको स्थानको जग्गाधनि दर्ता प्रमाणपुर्जा (जानेका लागी)
  • वसाईसराई भई आउनेको हकमा वसाई परित्याग गरेको गा.वि.स.को स्थानिय पञ्जिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाईसराई दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नाता सम्वन्ध र जन्ममिति

सम्वन्ध विच्छेदः

  • सुचना फाराम
  • अदालतबाट भएको निर्णय र निवेदनको ना.प्र. पत्र समेत